दफा ७४
शाखा खोल्ने र प्रतिनिधि (एजेण्ट) नियुक्ति सम्बन्धी व्यवस्था
: (१) इजाजतपत्रवालाले जुन मुलुकमा कामदार पठाएको छ सो मुलुकमा विभागबाट तोकिए बमोजिम स्वीकृति लिई शाखा खोल्न वा आफ्नो प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) इजाजतपत्रवालाले विभागबाट तोकिए बमोजिम स्वीकृति लिई नेपालभित्र शाखा खोल्न वा आफ्नो प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम प्रतिनिधि नियुक्त गर्दा तोकिए बमोजिम धरौटी राख्नु पर्नेछ र त्यस्ता प्रतिनिधिले गरेका काम कारबाहीको जिम्मेवारी इजाजतपत्रवालामा नै रहनेछ ।
(४) शाखा खोल्ने र प्रतिनिधि नियुक्ति गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।